भिडियो

होसियार ! भाइवरमार्फत यसरी ठग्दैछन् भारतीयले नेपालीहरू

होसियार ! भाइवरमार्फत यसरी ठग्दैछन् भारतीयले नेपालीहरू

Posted in प्रविधि, भिडियो, मुख्य समाचार
काठमाडौँ । ठगीका बिभिन्न बिधिहरु अपनाउंदै आएका भारतीय ठगहरुले पछिल्लो समय भाइवरलाई नेपाली ठग्ने साधनको रुपमा प्रयोग गरिरहेको देखिएको छ । यसरी ठग्न उनीहरुले एउटा भ्वाइस म्यासेज तपाइलाई पठाउन सक्छन् जसमा तपाइले ५० लाख भारतीय रुपयाँ र १० तोला सुन भाइवर कम्पनीबाट उपहारमा प्राप्त गरेको जानकारी दिइन्छ । आर्थिकन्युजलाई प्राप्त यस्तो सन्देशमा ‘भाइवर कल सेन्टर युएसबाट देवराज मलहोत्राले सर्वप्रथम तपाइलाई अभिवादन गर्दै भन्छन् – नमस्कार ! त्यसपछि शुरु हुन्छ उनको तपाइलाई लोभ्याउने कुरा । त्यहाँ भनिन्छ– तपाइले जुन भाइवर नम्बर प्रयोग गरिरहनु भएकोछ त्यो पुरस्कारको लागी छनौट भएको छ । तपाइले ५० लाख भारु र १० तोला सुन प्राप्त गर्नु भएको छ । तपाई र तपाइको परिवारलाई धेरै धेरै बधाई छ । यो छनौट प्रक्रियामा भारत, नेपाल, भुटान, दुबई र पाकिस्तान गरी पाँच वटा मुलुक सामेल गरिएका छन् । छनौट प्रक्रियाबारे
शनिलाई किन क्रुर ग्रह भनिन्छ ? केही बानी सुधारे सकारात्मक प्रभाव

शनिलाई किन क्रुर ग्रह भनिन्छ ? केही बानी सुधारे सकारात्मक प्रभाव

Posted in भिडियो, राशिफल
नौ ग्रहमध्ये शनि ग्रहलाई ज्योतिषशास्त्रमा क्रुर ग्रहको रुपमा लिइन्छ । शनि ग्रहको साढेसाती तथा महादशाबाट मानिसहरुमा विशेष डर रहने गर्दछ । यद्यपि, ज्योतिषले नै शनि ग्रहलाई नराम्रो ग्रहको रुपमा भने मानेको छैन । बिना कारण शनिले कसैलाई पनि समस्यामा पार्दैन । त्यसैले शनि ग्रहको प्रभावबाट बच्न कुनै ठूलो पूजा–पाठ नै लगाउनु पर्छ भन्ने पनि छैन । तर, यसका लागि भने आफुमा भएका केही आनी–बानी तथा व्यवहारमा भने परिवर्तन गर्न आवश्यक छ । आनी–बानी तथा व्यवहारमा परिवर्तन गर्न सकेको खण्डमा शनिको प्रभावबाट टाढा रहन सकिने ज्योतिषशास्त्रको मान्यता छ । किन शनि ग्रहलाई नराम्रो दशाको रुपमा लिइन्छ ? ज्योतिषशास्त्रमा शनिलाई श्रम, न्याय, गरिब मजदुर वर्गका ग्रहको रुपमा मानिन्छ । त्यसैले यो ग्रहले सेवकको पद प्राप्त गरेको छ । यसै कारण शनिलाई आलस्य, अन्याय तथा गरिब मजदुर वर्गको शोषणविरुद्धको ग्रहका रुपमा लिइन्छ । श
साँढेले चपायो अढाइ लाखको मंगलसूत्र, शल्यक्रिया गरी निकालियो

साँढेले चपायो अढाइ लाखको मंगलसूत्र, शल्यक्रिया गरी निकालियो

Posted in भिडियो, रोचक
भारतमा पोला पर्वमा साँढेको पूजा गरिन्छ । मानिसहरु साँढेलाई मीठा–मीठा परिकार खुवाउँदै सुनका गहनासमेत टाउकोमा लगाइदिएर साँढेको पूजा गर्दछन् । यसरी साँढेको पूजा गरेपछि मनको इच्छा पूरा हुने विश्वास गरिन्छ । तर भारतको महाराष्ट्रमा एउटा परिवारका लागि साँढेको पूजाले ठूलै समस्या सिर्जना गर्यो । महाराष्ट्रको अहमदनगर जिल्लास्थित रायटे वाघापुर गाउँकी एक महिलाले आफ्नो डेढ लाख भारु मूल्य पर्ने सुनको मंगलसूत्र साँढेको टाउकोमा लगाइदिएर पूजा गरिन् । त्यसपछि उनले उक्त मंगलसुत्र साँढेको टाउकोबाट निकालेर साँढेलाई खुवाउने रोटीको प्रसाद भएको थालीमा राखिन् । त्यही बेला अचानक बिजुली गयो र उनी मैनबत्ती लिनका लागि घरभित्र गइन् । जब उनी मैनबत्ती बालेर साँढे भएको ठाउँमा आइन् तब उनको होसहवास् उड्यो । किनकि उनले मंगलसूत्र राखेको प्रसादीको थाली रित्तै थियो । उनी आत्तिइन् र आफ्नो श्रीमानलाई चिच्याएर बो
फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

Posted in प्रविधि, भिडियो
काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ । तर अब भविष्यमा फेसबुकमा लाइक गर्न नपाइने भएको छ । किनकी फेसबुकले अब यो लाइक बटनलाई निकट भविष्यमै हटाउँदै छ । फेसबुक स्वयंले यसको पुष्टि गरेको छ । अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ । समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने
२४ घण्टे ड्युटी, बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा

२४ घण्टे ड्युटी, बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा

Posted in भिडियो, रोचक
तल्लो तहका पुलिस कर्मचारीहरूले हाम्रो देशमा पनि राजीनामा दिने क्रम उच्च छ । उता भारतमा पनि एउटा यस्तै राजीनामासम्बन्धी घटना भएको छ । भारतजत्रो सवा अर्ब बढी जनसंख्या भएको देशमा एकजना पुलिस जवानले राजीनामा दिनु कुनै नौलो कुरा होइन । तर उनले राजीनामाले जताततै चर्चा बटुलेको छ । हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय सिद्दान्थी प्रताप नामका प्रहरी जवान बिहे गर्न चाहन्थे । तर, उनको चौबीसघण्टे ड्यूटीका बारेमा थाहा पाएसँगै कोही पनि केटीका बाबुआमा उनलाई छोरी दिन राजी भएनन् । जागिरका कारण केटीले नै नपत्याउने अवस्था आएपछि उनले अन्ततः पुलिसको जागिरबाट हात धुने निर्णय गरे । हैदरावादका पुलिस आयुक्तलाई पत्र लेखी उनले आफूले राजीनामा दिनुपर्नाको कारण उल्लेख गरेका थिए । उनी लेख्छन्, ‘चौबीसै घण्टा जागिर, सप्ताहन्तमा बिदा पनि छैन । इन्जिनियरिङको पढाइ सकेर पुलिसको जवान पदमा भर्ना भएको पाँच व