प्रविधि

होसियार ! भाइवरमार्फत यसरी ठग्दैछन् भारतीयले नेपालीहरू

होसियार ! भाइवरमार्फत यसरी ठग्दैछन् भारतीयले नेपालीहरू

Posted in प्रविधि, भिडियो, मुख्य समाचार
काठमाडौँ । ठगीका बिभिन्न बिधिहरु अपनाउंदै आएका भारतीय ठगहरुले पछिल्लो समय भाइवरलाई नेपाली ठग्ने साधनको रुपमा प्रयोग गरिरहेको देखिएको छ । यसरी ठग्न उनीहरुले एउटा भ्वाइस म्यासेज तपाइलाई पठाउन सक्छन् जसमा तपाइले ५० लाख भारतीय रुपयाँ र १० तोला सुन भाइवर कम्पनीबाट उपहारमा प्राप्त गरेको जानकारी दिइन्छ । आर्थिकन्युजलाई प्राप्त यस्तो सन्देशमा ‘भाइवर कल सेन्टर युएसबाट देवराज मलहोत्राले सर्वप्रथम तपाइलाई अभिवादन गर्दै भन्छन् – नमस्कार ! त्यसपछि शुरु हुन्छ उनको तपाइलाई लोभ्याउने कुरा । त्यहाँ भनिन्छ– तपाइले जुन भाइवर नम्बर प्रयोग गरिरहनु भएकोछ त्यो पुरस्कारको लागी छनौट भएको छ । तपाइले ५० लाख भारु र १० तोला सुन प्राप्त गर्नु भएको छ । तपाई र तपाइको परिवारलाई धेरै धेरै बधाई छ । यो छनौट प्रक्रियामा भारत, नेपाल, भुटान, दुबई र पाकिस्तान गरी पाँच वटा मुलुक सामेल गरिएका छन् । छनौट प्रक्रियाबारे
ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट : जसले पुर्‍यायो दिल्लीको कोठीमा

ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट : जसले पुर्‍यायो दिल्लीको कोठीमा

Posted in अर्थ, प्रविधि
यी हुन् १८ वर्षकी किशोरी । बुबाआमाले मोबाइल चलाउन पनि भर्खरै मात्र दिएका थिए । भर्खरभर्खर स्मार्ट फोन चलाउन पाएपछि मानिसहरु फोनमा झुण्डिने नै भए । नेपालगञ्जकी मिना नेपाली (नाम परिवर्तन) को दिनचार्य पनि अधिकांश समय स्मार्टफोनमै बिताउने थियो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकीले फेसबुकमै रमाउन थालेकी थिइन् मिना । यहीबीचमा सुनिल थापा नाम गरेका एक युवकले मिनालाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट आएपछि प्रोफाइल हेरेर मिनाले रिक्वेस्ट एसेप्ट गरिन् । ती युवक थिए कोहलपुरकै सुनिल थापा भन्ने सुनिल नेपाली । २१ वर्षका सुनिल नेपाली हेर्दा पनि सुन्दर देखिन्थे । फेसबुकमा साथी बनेपछि मिना र सुनिलको नियमित कुराकानी र भिडियो च्याटसमेत हुन थाल्यो । मिना नेपालगञ्जकी र सुनिल कोहलपुरको भएकाले पनि उनीहरुबीच लामोलामो कुराकानी हुन थाल्यो । चिनचान भएको करिब एक म
एक सय रुपैयाँमा नेपाल टेलिकमको ३ जीबी डाटा प्याक, लिने तरिका यस्तो छ

एक सय रुपैयाँमा नेपाल टेलिकमको ३ जीबी डाटा प्याक, लिने तरिका यस्तो छ

Posted in प्रविधि
काठमाण्डौ – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो । यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।
फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

Posted in प्रविधि, भिडियो
काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ । तर अब भविष्यमा फेसबुकमा लाइक गर्न नपाइने भएको छ । किनकी फेसबुकले अब यो लाइक बटनलाई निकट भविष्यमै हटाउँदै छ । फेसबुक स्वयंले यसको पुष्टि गरेको छ । अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ । समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने
आइफोनको ट्रिपल क्यामरासँग किन डराउँदै छन् केही मानिस ?

आइफोनको ट्रिपल क्यामरासँग किन डराउँदै छन् केही मानिस ?

Posted in प्रविधि
हुन त आफ्ना प्रोडक्टको गज्जब डिजाइनका लागि एप्पल अग्रस्थानमै छ । हालै लञ्च भएको नयाँ आइफोन ११ को डिजाइन तथा लुक्स पनि निकै आकर्षक रहेको छ । तर केही मानिसहरुलाई आइफोन ११ मा राखिएका ट्रिपल क्यामराको डिजाइन खासै रुचेको छैन । आइफोनको ट्रिपल क्यामरा सेटअप मन नपराउने मध्ये अधिकांश मानिस ट्राइपोफोयिबा नामक रोगबाट ग्रसित रहेका छन् । वास्तवमा ट्राइपो फोबिया एक प्रकारको डर हो । जसमा स–साना छिद्र तथा आयातले बनेका ज्यामितीय प्याटर्न अर्थात् ढाँचासँग मानिसलाई डर लाग्दछ । यही कारण आइफोन ११ को ट्रिपल क्यामराको डिजाइनले पनि केही मानिसलाई समस्यामा पारिरहेको छ । ट्राइपोफोबियाको सबैभन्दा गतिलो उदाहरण कमलको फूलसँग लाग्ने डर हो । कतिपय मानिसहरु कमलको फूलमा हुने स साना छिद्रहरु जुन खास प्याटर्नमा हुन्छन्, त्यससँग डराउँछन् । छिद्रको त्यो प्याटर्नले ट्राइपोफोबियाबाट पीडित मानिसलाई समस्यामा पार्