खेलकुद

साफ यू–१८ च्याम्पियनसिपमा नेपालको लक्ष्य : उपाधिमा ह्याट्रिक

साफ यू–१८ च्याम्पियनसिपमा नेपालको लक्ष्य : उपाधिमा ह्याट्रिक

Posted in खेलकुद, रोचक
२ असोज, काठमाडौं । साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता असोज तीन (भोलि) देखि सुरु हुँदैछ । हलचोकस्थित एपीएफको खेलमैदानमा भोलि दिउँसो तीन बजे उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ । समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् । बिहीबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले भने, ‘हामीले योभन्दा अगाडि दुई पटक उपाधि जितिसकेका छौं । यो पटक हामीलाई निकै चुनौती छ । हामी उपाधि जित्दै ह्याट्रिक पूरा गर्ने लक्ष्यमा छौं ।’ यो प्रतियोगिताकै लागि भनेर नेपाली युवा टिमले पोखरा गएर अभ्यास गरेको छ । प्रतियोगि
अब धोनी क्रिकेट मैदानमा देखिने छैनन् ?

अब धोनी क्रिकेट मैदानमा देखिने छैनन् ?

Posted in खेलकुद
३० भदौ, काठमाडौं । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको सन्यासबारे अलगअलग आंकलन गर्न थालएको छ । तर धोनी र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) यो विषयमा चुपचाप छन् । दक्षिण अफ्रिकाविरुद्ध सुरु भएको टी–२० क्रिकेट सिरिजमा पनि ३८ वर्षीय पूर्वकप्तान धोनी टिममा छैनन् । योभन्दा अघि वेष्ट इन्डिजविरुद्धको टुरमा पनि धोनी भारतीय टिममा थिएनन् । कप्तान कोहलीले बनायो रहस्यमय ? विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग भारतले व्यहोरेको नमिठो हार अब पूरानो भइसक्यो । त्यसपछि भारतले वेष्ट इन्डिजसँग टी–२०, एकदिवसीय र टेष्ट सिरिजमा जित हात पारिसकेको छ । तर एकपछि अर्को सिरिजमा धोनी भारतीय टिममा नपरेपछि क्रिकेट प्रेमीहरुले विभिन्न आंकलन गर्न थालिसकेका छन् । त्यहीबेला कप्तान विराट कोहलीले एउटा तस्वीर पोष्ट गरे, जसले हंगामा नै गर्‍यो। विराट कोहलीले फोटो शेयर गर्दै लेखेका थिए, ‘म यो