राजनीति

विश्बकै उत्कृष्ठ शक्तिमा पाथीभरा मन्दिर छनौट, जितको लागि १ लाख सेयर पुरियाउ

विश्बकै उत्कृष्ठ शक्तिमा पाथीभरा मन्दिर छनौट, जितको लागि १ लाख सेयर पुरियाउ

Posted in अन्तर्राष्ट्रिय समाचार, अर्थ, राजनीति, राशिफल
ताप्लेजुङ / पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लि
चितवनमा २८ करोडको लागतमा होटल बन्दै

चितवनमा २८ करोडको लागतमा होटल बन्दै

Posted in अर्थ, राजनीति
२ असोज, चितवन । चितवनको भरतपुरमा २८ करोडको लागतमा ग्यालेक्सी गार्डेन रिर्सोट बन्ने भएको छ । भरतपुर महानगरपालिका–४ मा ब्याङक्वेटसहितको होटल निर्माणको काम सुरु भएको छ । गत जेठ महिनाबाट होटलको भौतिक पूर्वधार निर्माण कार्य सुरु भएको रिर्सोटका अध्यक्ष इमान्दु बरालले जानकारी दिए । ब्याङ्क्वेट र रेष्टुरेन्टसहितको संरचना बनेपछि होटलको निर्माण कार्य थालिने उनले बताए । ४२ कठ्ठा क्षेत्रफलमा रहेको रिर्सोट नारायणगढ बजारबाट ४ किलोमिटर र चौंविसकोठीबाट ३.५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । रिर्सोटको सबै संरचनालाई अन्तिम रुप दिँदा लागत ४५ करोडको हाराहारीमा पुग्ने अनुमान छ । ६० वेड क्षमता रहने होटलमा १५० जना अटाउने छन् । रिर्सोटमा ५३ जना व्यवसायीहरुको सामूहिक लगानी रहेको बरालले बताए । नारायणगढ बजारको कोर क्षेत्रबाट केही टाढा शान्त वातावरण भएको स्थान रिर्सोटका लागि चयन गरिएको उनले बताए । पर्याप
सरकारका प्रवक्ता भन्छन्–हात भाँचिएको हो भने कारवाही हुन्छ

सरकारका प्रवक्ता भन्छन्–हात भाँचिएको हो भने कारवाही हुन्छ

Posted in अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राजनीति
२ असोज,काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिनपछि मात्र सरकारले कारवाहीको प्रक्रिया अघि बढाउने बताएका छन् । छानबिनै नगरी एउटा पक्षले जे भन्यो त्यही सही हो भन्ने शैली सरकारलाई स्वीकार्य नहुने समेत उनले प्रष्ट पारेका छन् । गत साता बाँकेको खजुरामा कांग्रेसको जागणसभामा नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसले वडाध्यक्ष सुमन मल्लसहित विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न दबाब दिइरहेको छ । यही घटनालाई लिएर संसद समेत अवरोध गरेको कांग्रेसले जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको भनेको छ । विहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले हात भाँचिएको हो भने कानून बमोजिम दोषीमाथि कारवाही हुने बताए । तर छानबिन हुनुअघिनै फैसला गर्ने शैली स्वीकार्य नहुने उनको भनाइ छ । मन्त्
आन्तरिक विमानस्थल सञ्चालन पनि निजी क्षेत्रलाई जिम्मा दिने तयारी

आन्तरिक विमानस्थल सञ्चालन पनि निजी क्षेत्रलाई जिम्मा दिने तयारी

Posted in अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राजनीति
२ असोज, काठमाडौं । सरकारले आन्तरिक विमानस्थलको सञ्चालनसमेत निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । आन्तरिक विमानस्थलहरुमध्ये सम्भावना बोकेका विमानस्थललाई सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडलमा सञ्चालनमा ल्याउने योजना नेपाल नागरिक उड्डयन प्राधिकरणले अघि सारेको हो । प्राधिकरणले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम अनुसार सम्भावित विमानस्थललाई छनोट गरी त्यसलाई पीपीपी मोडलको नमूना विमानस्थलका रुपमा विकास गर्ने योजना रहेको छ । अहिले देशभरका सबै विमानस्थलको निर्माण तथा सञ्चालन प्राधिकरण आफैले गर्छ । पछिल्लो समय भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिनेबारे गृहकार्य भइरहेको छ ।
ओलीले मोदीलाई दिए तीन भाषामा जन्मदिनको शुभकामना

ओलीले मोदीलाई दिए तीन भाषामा जन्मदिनको शुभकामना

Posted in राजनीति
३१ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनका अवसरमा तीनवटा भाषामा शुभकामना दिँदै दुवैजना मिलेर नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मोदीको ६९ औं जन्मदिनको अवसरमा मंगलबार तीनवटा अलग-अलग भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीले आफूहरु मिलेरै दुई देशको सम्बन्ध अझ बलियो बनाउन सकिने अपेक्षा गरेका छन् । ओलीले अंग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै मोदीलाई शुभकामना दिएका हुन् । यसअघि ओलीको जन्मदिनमा पनि भारतीय प्रधानमन्त्री मोदीले अंग्रेजी र नेपाली भाषामा शुभकामना दिएका थिए ।