अन्तर्राष्ट्रिय समाचार

कतारमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघ्यो

कतारमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघ्यो

Posted in अन्तर्राष्ट्रिय समाचार
नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २६ हजार ५ सय ३९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र १ हजार ३ सय ९० जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २३ हजार ३ सय ८२ जना उपचारका क्रममा रहेका छन् । कतार समाचार एजेन्सीका अनुसार कतारमा ३ हजार १ सय ४३ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको ज्यान गएको छ । नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ । कतारमा १ लाख ३९ हजार १ सय २७ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।
विश्बकै उत्कृष्ठ शक्तिमा पाथीभरा मन्दिर छनौट, जितको लागि १ लाख सेयर पुरियाउ

विश्बकै उत्कृष्ठ शक्तिमा पाथीभरा मन्दिर छनौट, जितको लागि १ लाख सेयर पुरियाउ

Posted in अन्तर्राष्ट्रिय समाचार, अर्थ, राजनीति, राशिफल
ताप्लेजुङ / पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लि
सरकारका प्रवक्ता भन्छन्–हात भाँचिएको हो भने कारवाही हुन्छ

सरकारका प्रवक्ता भन्छन्–हात भाँचिएको हो भने कारवाही हुन्छ

Posted in अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राजनीति
२ असोज,काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिनपछि मात्र सरकारले कारवाहीको प्रक्रिया अघि बढाउने बताएका छन् । छानबिनै नगरी एउटा पक्षले जे भन्यो त्यही सही हो भन्ने शैली सरकारलाई स्वीकार्य नहुने समेत उनले प्रष्ट पारेका छन् । गत साता बाँकेको खजुरामा कांग्रेसको जागणसभामा नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसले वडाध्यक्ष सुमन मल्लसहित विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न दबाब दिइरहेको छ । यही घटनालाई लिएर संसद समेत अवरोध गरेको कांग्रेसले जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको भनेको छ । विहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले हात भाँचिएको हो भने कानून बमोजिम दोषीमाथि कारवाही हुने बताए । तर छानबिन हुनुअघिनै फैसला गर्ने शैली स्वीकार्य नहुने उनको भनाइ छ । मन्त्
आन्तरिक विमानस्थल सञ्चालन पनि निजी क्षेत्रलाई जिम्मा दिने तयारी

आन्तरिक विमानस्थल सञ्चालन पनि निजी क्षेत्रलाई जिम्मा दिने तयारी

Posted in अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राजनीति
२ असोज, काठमाडौं । सरकारले आन्तरिक विमानस्थलको सञ्चालनसमेत निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । आन्तरिक विमानस्थलहरुमध्ये सम्भावना बोकेका विमानस्थललाई सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडलमा सञ्चालनमा ल्याउने योजना नेपाल नागरिक उड्डयन प्राधिकरणले अघि सारेको हो । प्राधिकरणले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम अनुसार सम्भावित विमानस्थललाई छनोट गरी त्यसलाई पीपीपी मोडलको नमूना विमानस्थलका रुपमा विकास गर्ने योजना रहेको छ । अहिले देशभरका सबै विमानस्थलको निर्माण तथा सञ्चालन प्राधिकरण आफैले गर्छ । पछिल्लो समय भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिनेबारे गृहकार्य भइरहेको छ ।