धर्म

युमा साम्यो महासभा बुद्धशान्ति गठन हुने

युमा साम्यो महासभा बुद्धशान्ति गठन हुने

Posted in धर्म, मुख्य समाचार
रोसन भट्टराई । याक्थुङ (लिम्बु) जातिहरुको मौलिक परम्परा धर्म, भाषा, लिपि, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्ेश्यले वि.संं २०७४ सालमा स्थापना भएको युमा साम्यो महासभा नेपालको बुद्धशान्ति गाउँपालिका स्तरिय समिति गठन हुने भएको छ ।   महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेको प्रमुख आतिथ्यतामा पौष १५ गते मंगलबार टिमाई बेश क्याम्प नजिकैको सामुदायिक भवनमा हुने प्रथम गाउँ सम्मेनलमा याक्थुङ(लिम्बु) मौलिकता प्रेमी सम्पूर्ण बुद्धशान्तिबासीहरुलाई उपस्थित भइदिन युमा साम्यो अभियान्ता फक्ताङलुङ लिम्बुले अनुरोध गरेका छन् ।
किन मनाइन्छ विश्वकर्मा पूजा ?

किन मनाइन्छ विश्वकर्मा पूजा ?

Posted in धर्म
विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा असोज १ गते बुधबार मनाइदैछ । उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । भगवान विश्वकर्माले नै देवताहरुका लागि अस्त्रहरु, भवनहरु तथा मन्दिरहरुको निर्माण गरेका थिए । उनले सृष्टिको रचनामा भगवान ब्रम्हालाई सहयोग गरेका थिए । उनलाई विश्वकै पहिलो शिल्पकार समेत मानिन्छ । शिल्पकार खासगरी ईन्जिनियरिङ काममा सक्रिय व्यक्तिहरुले उनलाई आफ्ना आराध्य देव मान्दछन् र उनको विशेष पूजा गर्छन् । विश्वकर्मा भगवान को हुन् ? भगवान महादेवल