
लागुऔषध विरुद्ध बुधबारे जेसीज (फोटो)
Posted in मुख्य समाचार
तस्बिर : रोसन भट्टराई । बुद्धशान्ति साप्ताहिक
बुधबारे, माघ १० ९जनवरी २३० । बुधबारे जेसीजले लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरेको छ । शनिबार बुद्धशान्ति गाउँपालिकाको परिसरमा विशेष कार्यक्रमको आयोजना गरि अभियान सुभारम्भ गरिएका हो ।
बुधबारे जेसीजका सदस्य विनोद नेम्बाङको संयोजकत्व, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको प्रमुख आतिथ्यमा लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरिएको हो ।
संयोजक नेम्बाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए । बुधबारे जेसीजका सदस्य दूर्योधनसिंह देवले जेसीज आस्था प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि चापागाईले जेसीजले सुभारम्भ गरेको कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले