Archieve

आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

Posted in मुख्य समाचार
झापाको बिर्तामोडमा शुक्रबार आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको संयुक्त आयोजनामा भएको कार्यक्रममा समाजमा विद्यमान रुपमा भइरहेको श्रृङ्खला बद्ध आत्माहत्याका घटनाको मध्यनजर गर्दै एक लघु वृत्त चित्र र सुसाईड सम्बन्धि नाटक समेत प्रस्तुत गरिएको थियोे । कार्यक्रममा मनोबैज्ञानिक असरका कारण नैरास्यतापूर्ण वातावातावरणले आत्माहत्या बड्ने कुरालाई प्रस्तुत गर्दै बि एन्ड सि अस्पताल बिर्तामोडका मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीले मुख्य प्रशिक्षणको भुमिका निर्वाह गरेका थिए । उनले आत्माहत्या भनेको के ? र यसको न्युनिकरण गर्नका लागि समाजमा के कस्तो सकारात्मक भुमिका निर्बाह गर्न सकिन्छ भन्ने मनोबैज्ञानिक प्रशिक्षण प्रदान गरेका थिए । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र उपाध्यक्ष सन्जिव चा
कानेपोखरीका होम बहादुर अब आफ्नै घरमा बस्न पाउने भए

कानेपोखरीका होम बहादुर अब आफ्नै घरमा बस्न पाउने भए

Posted in मुख्य समाचार
सरोज निरौला १५ असार । पथरी दिनभरी काम गर्यो सुत्ने ठाउँ थिएन आकाशको छानो लगाएर सुत्थेँ, अर्काकोमा कति जाँउ’ गहभरी आँशु पार्दै होमबहादुरले भने । विगत लामो समय देखि आफ्नो घर नभएर बेसाहार भएका मोरङको कानेपोखरी गाँउपालिका ४ नर्सरीटोलका हावाहुरी पिडित होमबहादु माझीलाई घर हस्तान्तरण गरिएको छ । सामाजिक अभियान्ता एवम् सञ्चारकर्मी वर्षा राई र समाज रुपान्तरण अनलाईन टिभिका सञ्चालक अभिषेक वान्तवाको पहलमा निर्माण भएको घर हावाहुरी पिडित होम बहादुर माझीलाई हस्तानतरण गरिएको हो । विगतका दिनमा मोरङको पथरी शनिश्चरे भोटनिष्ट क्याम्प शिविरमा बसोबास गरी हाल अमेरिकाको वासिङटन सेटलमा बस्ने साईमन क्षेत्रीको आर्थीक सहयोगमा बसोबास गर्न उपयुक्त घर सोमबार एक कार्यक्रमका बिच हस्तानतरण गरिएको थियो । अभियान्ता एवम संञ्चारकर्मी राईको अध्यक्षता तथा कानेपोखरी गाँउपालिका ४ का वडाध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ
युथ ड्रिम्सले ग¥यो बुधबारे बजार सरसफाई

युथ ड्रिम्सले ग¥यो बुधबारे बजार सरसफाई

Posted in मुख्य समाचार
रोसन भट्टराई । केही समय अघि बुधबारेका युवा मिलेर गठन गरिएको युथ ड्रिम्स फाउन्डेसनले शनिबार बुधबारे बजार आसपासका क्षेत्रहरुमा सरसफाई गरेको छ । जनकल्याण पेट्रोलपम्प देखि बुधबारे बजार हुँदै बाटो आसपासका सबै क्षेत्र सरसफाई गरी गाउँपालिका परिषर समेत सरसफाई गरिएको फाउन्डेसनका सदस्य उत्सव दाहालले जानकारी दिएका छन् । बुद्धशान्तिमा विभिन्न सामाजिक कार्यहरु गर्ने उद्देश्यले गठन गरिएको यस फाउन्डेसनले आगामी दिनमा लागुपदार्थ, दुव्र्यसनीमा फसेका बुद्धशान्तिका युवाहरुलाई सुधार गर्न उल्लेख्य भूमिका खेलिने बताउँदै एकतामा बल हुने भएकोले फाउन्डेसन गठन गरिएको संस्थाका सहसचिव उमेश कटुवालले जानकारी दिएका छन् । फउन्डेसनले आगामी दिनमा प्रत्येक १५÷१५ दिनमा बुधबारे बजार आसपास सरसफाई गर्ने, गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने तथा युवाका क्षेत्रमा अन्य विभिन्न रचनात्मक सामाजिक कार्य
पहिचान हुन सकेन महिलाको शव, चिन्नुहुनेले सम्पर्कमा आइदिन प्रहरीको अनुरोध

पहिचान हुन सकेन महिलाको शव, चिन्नुहुनेले सम्पर्कमा आइदिन प्रहरीको अनुरोध

Posted in मुख्य समाचार
झापाको बुद्धशान्ति गाउँपालिकामा हिजो दिउँसो भेटिएको एक महिलाको शव हाल सम्म पहिचान हुन सकेको छैन । शनिबार दिँउसो २ बजे तिर बुद्धशान्ति ४ स्थित वर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे शव भेटिएको थियो । स्थानीयले वेवारिसे अवस्थामा महिलाको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थलमा पुगेको प्रहरीले सो लाशलाई पोष्टमार्टमका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । सो शवको पोष्टमार्टम गरेपनि रिर्पोट भने आइनपुगेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख युवराज राईले जानाउँदै शब बुझ्ने मृतकका कोही आफन्त फेला नपारेकोले सो शव धरानकै शब गृहमा राखिएको उनले जनाए । अनुशन्धान कार्यलाई सहज बनाउन यदि शवको पहिचान गर्न सक्ने कोही भए इलाका प्रहरी कार्यालय बुधबारेको सम्पर्कमा आउन समेत उनले अनुरोध गरेका छन्
बुद्धशान्तिमा अर्धनग्न अवस्थामा भेटियो महिलाको लाश

बुद्धशान्तिमा अर्धनग्न अवस्थामा भेटियो महिलाको लाश

Posted in मुख्य समाचार
बुद्धशान्ति गाउँपालिकामा अर्धनग्न अवस्थामा एक महिलाको लाश फेला परेको छ । बुद्धशान्ति ४ स्थित वर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे लाश भेटिएको हो । सुरुमा स्थानीय केटाकेटीले सो देखेपछि अभिभावकलाई खबर गरेर प्रहरी बोलाएको बताइएको छ । लाशको प्रकृति हेर्दा हत्यानै भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । लाशको वरिपरी केही माद्यक पर्दाथ, चाउचाउ र छाता समेत भेटिएको थियो भने मुख बन्ध गरिएको अवस्थामा लाश भेटिएको थियो । हालसम्म सो लाशको पहिचान हुन सकेको छैन ।  
बुद्धशान्तिमा थप ६ जनामा कारोना पुष्टि

बुद्धशान्तिमा थप ६ जनामा कारोना पुष्टि

Posted in मुख्य समाचार
बुद्धशान्ति क्वारेन्टाइनमा बसेका भारत र कुवेतबाट आएकाका केही महिला गरी ६ जनामा कोरोना पुष्टि भएको बुद्धशान्तिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए । कुवेतबाट केही दिन अघि आएका ३ महिला र भारतबाट आएका ३ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको बताइएको छ । केही समय अघि बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना पुष्टि भएता पनि उनीहरुलाई जितेर घर फर्किसकेका छन् ।
तारानाथ पौडेलको दुई कविता

तारानाथ पौडेलको दुई कविता

Posted in रोचक
वि.सं. २०२५ साल मंसिर २७ गते इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ पशुपतिनगरमा जन्मिएका तारानाथ पौडेल पेशाले शिक्षक हुन् । उनी शिक्षकमा मात्र नभएर साहित्यमा पनि रुची राख्छन् । उनै साहित्यकार पौडेलद्धारा रचित २ कविता प्रस्तुत छ । चौतारीमा पर्खीबस भेटन आउँला सानी । चौतारीमा भेटन आउँला पर्खीबस सानी गुलाफको फुल टिपि लेयाउला तिम्लाई भनि फुलमात्र होइन सानी माला पनि लेयाउछु हातमा चुरा गला पोते सिंदुर शिरमा सिंदुर लाउछु सपना त सजाए थे दिन्छेउ साथ भनि पलभरमानै अस्ताई गयो जात मृत्यु बनी पवन पनि कस्तो बहने कोइबेला आउने रुकुम जिल्ला बिक थरको घरमा केटि धाउने माया भन्ने कस्तो खेल ज्यान पनि लिने बाचा गर्या थियोे होला जीवन बिताइ दिने हिर्दयमा चोट लाग्यो परिवारजनको बिच किन भेदभाब मानब एकहुन हुन्न उच निच धर्म नाश पाप धेरै हुनथाल्यो अती जातीय भेदभाव गर्दा हुने एस्तै एस्तै खती थोरै स्त्री

कर्णालीमा अनलाइन कक्षा

Posted in मुख्य समाचार
बुद्धशान्ति । कर्णाली एजुकेसन फाउन्डेसनले अनलाइन कक्षा आरम्भ गरेको छ । विश्वमा देखापरेको कोभिड — १९ (कोरोना भाइरस) का कारण असहज बनेको परिस्थितिमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिने उद्देश्यले अनलाइन कक्षा सुरु गरेको विद्यालयले जनाएको छ । लकडाउनको एक महिनापछिदेखि नै विद्यालयले अनलाइन कक्षाको तयारी गरेको हो । सुरुमा विद्यालयको प्राविधिक टोलीले तालिम लिएको थियो । भारतको दिल्लीस्थित चिराग फाउन्डेसनद्वारा सञ्चालित लभमाईस्कुल डटकमसँगको सहकार्यमा विद्यालयले अनलाइन कक्षा सुरु गरेको हो । लभ माई स्कुल विश्वका चौध राष्ट्रमा प्रयोग भइरहेको स्कुलिङ एप हो । यस एपमा कक्षामा शिक्षक उपस्थित भएर गरिने सम्पूर्ण क्रियाकलाप उपलब्ध छन् । विद्यार्थीको हाजिरी, बिदा, उनीहरूको तथ्याङ्क लगायतका विवरण सजिलै राख्न सकिन्छ । त्यसै गरी कक्षाकार्य, गृहकार्य एवं पाठ योजना बनाएर राख्न सकिन्छ । विद्यार्थी–शिक्षक दुवैले
संगितमा जस्मिनको निरन्तर यात्रा नयाँ म्युजिक भिडियो सहितको कभर सङ युटुबमा

संगितमा जस्मिनको निरन्तर यात्रा नयाँ म्युजिक भिडियो सहितको कभर सङ युटुबमा

Posted in मुख्य समाचार
केही समय अघि भएको प्रदेश स्तरीय गायन प्रतियोगीताको विजेता समेत भइसकेकी झापा बुद्धशान्तिकी जस्मिन बरालले बुधबार नयाँ कभर सङ सहितको म्युजिक भिडियो युटुबमा लन्च गरेकी छिन् । मेरो माया के हो बोलको गीतको एक अंश म्युजिक भिडियो सहित कभर सङ उनले आफ्नै युटुब च्यानल जस्मिन बरालबाट अपलोड गरेकी हुन् । गायक निसान भट्टराई र अस्मिता अधिकारीको ओर्जिनल स्वरमा रहेको यो गीतको कभर सङ सहितको म्युजिक भिडियोमा गायीका जस्मिन, क्यामेरामा निपेश भट्टराई, भिडियो मिक्सिङ तथा व्यवस्थापनमा सुलभ घिमिरे र सम्पादनमा किरन राई रहेका छन् । सानै देखि संगितमा रुची राख्ने बरालको यस गितको म्युजिक भिडियोमा उनकै प्रस्तुती देख्न सकिन्छ । उनले यस अघीनै धेरै स्टेज प्रोगामहरुमा गाइसकेकी छिन् भने केही कभर सङ समेत लन्च गरिसकेकी छिन् । भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोला । https://www.youtube.com/watch?v=FQm21VL9aSM&feat
पढाईसंगै चित्रकलामा पनि अब्बल छिन् जून

पढाईसंगै चित्रकलामा पनि अब्बल छिन् जून

Posted in मुख्य समाचार
रोसन भट्टराई /झापा काठमाण्डौ गौरीघाटकी जून सापकोटा उमेरले २१ वर्ष मात्र पुगिन् । हाल वन विभाग अन्तरगत स्नातक तह चौथो वर्षमा अध्ययनरत उनी पढाई संगै चित्रकलामा पनि उत्तिकै अब्बल छिन् । २ वर्ष अघि सामाजिक संजाल फेसबुक र युटुबमामा चित्रकलाका बारेमा देखेपछि उनलाई पनि चित्र बनाउने रहर लागेको बताइन् । सानोमा चित्रकला प्रति रुची भएपनि यसका लागि धेरै समय नदिएको बताउँदै सुरु सुरुका दिनहरुमा केही गाह्रो भयो तर पछि युटुब तथा सामाजिक संजालमा हेरेर सिक्न थालेपछि अहिले धेरै सहज भएको छ उनले भनिन् । चित्रकलामा प्रवेश गरेको छोटो समयमानै उनले १५० बढि उत्कृष्ट चित्र बनाइसकेकी छिन् । स्केचबाट सामान्य आम्दानी समेत भएको बताउँदै कलेजमा तिर्ने शुल्क तथा व्यक्तिगत खर्चका लागि स्केचबाट आएको रकमले पुग्ने गरेको उनले जानकारी दिइन् । सामान्य पेन्सिल स्केचको १५०० र कलर स्केचको २००० सम्म लिने गरेकी जुनले आगामी द