चर्चित बन्दै जेठाबा टेलीसिरिलय

स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले ‘जेठाबा’ नामक टेलिसिरियल युटुब मार्फत प्रशारणमा ल्याईए संगै यस्को चर्चा हुन थालेको छ ।
झापाका विभिन्न रमणिय स्थानहरुमा सुटिङगरिएको उक्त टेलिसिरियल मार्फत वर्तमान अवस्थामा समाजमा रहेका विभिन्न बिकृति, वेतिथीहरुलाई उजागर गर्ने कोशिस गरिएको टेलिसिरियलका डाइरेक्टर रेगन प्रसाईले बताएका छन् ।
लकडाउनको समय देखि सुरु भई हाल भाग १३ सम्म प्रशारण गरिसकिएको र अबको केही दिनमा भाग १४ समेत युटुब मार्फत प्रशारण गरिने टेलिसिरियलका प्राविधिक अमर श्रेष्ठले जानकारी दिए ।


‘आर सी मुभी’ नामक युटुव च्यानलबाट प्रशारण भएको उक्त कमिडि सिरियल मनोरञ्जनात्मक र जनचेचतना मुलक रहेकाले सबैलाई एक पटक हेरिदिन सिरियलका सहकर्मी नरेन्द्र उप्रेतीले बताएका छन् । त्यस्तै सिरियलमा कलाकारका रोलमा देखिएका सन्देश लिम्बूले यो सिरियलले नयाँकलाकार जन्माएकोले दर्शकको माया र प्रतिक्रियाको खँचो रहेको बताउँदै सबैलाई एक पटक हेरिदिन साथै आर सी मुभी नामक युटुव च्यानललाई सस्क्राइब गरिदिन अनुरोध गरे ।
उक्त सिरियलमा ज्ञानु श्रेष्ठ, अञ्जली माझी, मनिषा तामाङ, सुष्मा श्रेष्ठ लगायतले अभिनय गरेको देख्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस् ।

प्रतिकृया दिनुहोस्