‘रोग लाग्न नदिने उपाय भनेकै बेलैमा औषधी सेवन गर्नु हो’ : अधिकारी

राेसन भट्टराइ । बुद्धशान्ति

हात्ती पाइले रोग निवारण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले हात्ती पाइले रोग विरुद्धको औषधी सबै बुद्धशान्तिबासीले सेवन गर्नुपर्नेमा जोड दिए ।
विगतका वर्षहरुमा झैँ यही फागुन २९ गते बुद्धशान्तिका विभिन्न २९ स्थानहरुमा औषधी वितरण गरिने र त्यस्को लगत्तै प्रत्येक घर घरमा गई औषधी खुवाउने कार्यक्रम रहेको उनले बताए । यस कार्यक्रमका लागि तय गरिएको २९ वटा स्थानहरुमा वडा नं. १ मा भोटेटार चौक, नमुना चौक, बुद्ध आर्दश मावि र त्रिभुवन माविमा रहेका छन् ।

त्यस्तै बुद्धशान्ति २ मा सामुदायिक स्वास्थ्य इकाई, झम्के चौक र सरस्वती आधारभूत विद्यालय ।
बुद्धशान्ति ३ मा हनुमान मन्दिर, हेल्थ पोष्ट, नवकिरण आधारभूत विद्यालय र शिशु सुधार आधारभूत विद्याय ।
वडा नम्बर ४ मा बालबिकास भवन, श्री मा.वि वर्ने, गणेश मा.वि, नमुना आधारभूत विद्यालय, बजार व्यवस्थापन समितिको भवन र आइतबारे चौक ।
वडा नम्बर ५ मा जनज्योती आर्दश विद्यालय, गौतम बुद्ध विद्यालय, गढि गाउँ मा.वि ।
वडा नम्बर ६ मा सामुदायिक जनस्वास्थ्यको भवन, आमा समूहको भवन र सामुदायिक विद्यालय र वडा नम्बर ७ मा राष्ट्रिय विजय माध्यमिक विद्यालयमा औषधी वितरण हुने बताइएको छ । यस कार्यक्रमका लागि ३० जना स्वास्थ्यकर्मी र २६ जना महिला स्वयम्सेविका समेत परिचालन गरिएको अधिकारीले जानकारी दिएका छन् ।
गर्भवती, सुत्केरी, नाबालक र सिकिस्त बिरामी देखि बाहेक अन्य सम्पूर्णले औषधी सेवन गर्दा हुने जानकारी दिँदै यस औषधी सेवन रोगको उपचार भन्दा पनि रोग नै लाग्न नदिने उपाय भएको उनले बताए ।

 

बुद्धशान्ति गाउँपालिकाको कुल ४७,७५३ जनसंख्या मध्ये २ वर्ष भन्दा कमका १,७३५ जना, गर्भवती÷सुत्केरी महिला १,२३६ जना र सत्तरी वर्ष माथिका साथै सिकिस्त बिरामी भएका २,९०० गरी जम्मा ५,८७१ जना व्यक्ति मात्र औषधी सेवन गर्ने समूहमा पर्ने र बाँकी ४१,४८२ लाई अनिवार्य औषधी सेवन गराउने लक्ष्य लिएको उनले बताए ।त्यस्तै अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गरेका जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जीवन कुमार चम्लागाईले प्रदेश नम्बर १ का झापा, मोरङ र धनकुटामा हात्ती पाइले रोगको उच्च जोखिम रहेकोले यहाँका नागरिकहरुले अनिवार्य हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गर्नु पर्नेमा जोड दिए ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेल, उपाध्यक्ष मीरा भूर्तेल, वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालयका प्रमुख लगायत स्थानीय समाजसेवीहरुको उपस्थितीमा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन शान्तिनगर स्वास्थ्य चौकी प्रमुख भरत खतिवडाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्