जोइन्ट हेण्डले बुक गर्यो फोर्स कम्पनीको शब बहान

सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटी बुद्धशान्तिले आज बिर्तामोड स्थित फोर्सको आधिकारीक सोरुममा शव बाहन बुक गरेको छ ।
विगत २ वर्ष अघि देखि निरन्तर शव बहान खरिद अभियानमा जुटेको यस संस्थाले यही महिना भित्र शव वहान ल्याउने तयारीमा रहेको संस्थाका अध्यक्ष सन्जिल प्रसाइले जानकारी दिए ।
स्थापना देखिनै विभिन्न सामाजिक कार्यहरुमा लागेको यस संस्थाले झापा जिल्लामा धेरै कम मात्रामा शव बाहन भएकोले शव ल्याउन लान समस्या भएको भन्दै गरिब तथा सर्वसाधारणलाई समेत सहज हुने भएकाले शव बाहन संचालनमा ल्याउन लागिएको संस्थाका सचिव गोकुल पौडेलले बताए ।
शव बहान खरिदका लागि आर्थिक सहयोग गर्नुहुने समाजसेवी तथा यस अभियानमा सक्रियतापूर्वक साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरुलाई संस्थाका सदस्य गंगाराम भट्टराईले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिकृया दिनुहोस्