बिर्तामोडमा सुरु भयो बुज जक्सन

दुई युवाको लगानीमा झापाको बिर्तामोडमा बुज जक्सन रेष्टुरेन्ट एण्ड बार संचालनमा आएको छ ।
सन्दीप प्रसाई र प्रदिप भण्डारीको करिब ४० लाख रुपैँयाको लगानीमा शनिश्चरे रोड ट्याक्सी स्टेण्ड छेउमा संचालनमा आएको सो रेष्टुरेन्टको आज उद्घाटन गरिएको थियो ।

 संचालक प्रसाई र भण्डारी ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, उपाध्यक्ष नारायण चिमरियालगायतले बुज जक्सन रेष्टुरेन्ट एण्ड बारको उद्घाटन गरेका थिए ।
बिद्यार्थी राजनीति र सामाजिक कार्यमा आफ्नो छवि बनाइसकेका प्रसाईंले बुज जक्सन रेष्टुरेन्ट एण्ड बारमा पारिवारीक बातावरणमा नेपाली स्वादिष्ट खाना ,इण्डियन, इटालियन , चाइनिज कन्टीनेन्टल खाना, पेय पदार्थ, लगायत उपलव्ध गराइने बताउँदै दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको लाइभ म्युजिकद्वारा ग्राहकलाई मनोरञ्जन प्रदान गराइने जानकारी दिए ।

त्यस्तै अर्का संचालक भण्डारीले लाखौं रुपैयाँ खर्चेर वैदेसिक रोजगारीमा जानुभन्दा त्यही रकम स्वदेशमा खर्चिएर आत्मनिर्भर बन्न बुज जक्सन रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएको जानकारी दिए ।

आज देखि आगामी माघ १५ गतेसम्म उद्घाटन कार्यक्रम राखिएको र उद्घाटन सत्रमा ग्राहकलाई १५ प्रतिशत छुट दिइएको सञ्चालकहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्