हल्दिबारी–४ मा राकेँ जुलुसबाली सरकारको विरोध

नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार आज देशका ७५३ वटै स्थानीय तहमा विरोध कार्यक्रम गरिएको छ ।
जसअन्तरगत प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चाल्दै संसद् विघटन गरेको विरोधमा झापा जिल्ला स्थित हल्दिबारी ४ मा आज साँझ राँके जुलुस सहित विरोध कार्यक्रम गरिएको बताइएको छ ।


राकोँबाली बजार परिक्रमा पश्चात ¥याली कोण सभामा परिणत भएको थियो । नेपाली काँग्रेस हल्दिबारी वडा न.–४ का वडा सभापति सुवास बाराकोटीको अध्यक्षतामा भएको उक्त कोणसभाका प्रमुख अतिथी महाधिवेशन प्रतिनिधि एवम जिल्ला सदस्य बडाराम हेमरम, विशिष्ट अतिथिहरुमा क्षेत्रीय प्रतिनिधि लखन हेमरम, गा.पा. उपाध्यक्ष होम चुडाल, सचिब गङ्गा उप्रेती लगायत करिव ३०० कार्यकर्ताहरुको सहभागी रहेको बताइएको छ । कोणसभालाई सम्बोधन सहित होम चुडालले उपस्थित अतिथि एवम् कार्यकर्ताहरुलाई शाब्दिक स्वागत गरेका थिए । त्यस्तै प्रमुख अतिथि समेत रहेका हेमरमले केपी ओलिले झुठो राष्ट्रवादी भाषण गरी मध्यावधि चुनावको नाममा ५०आँै अर्ब खर्च गराउन लागेको र देशलाइ अविकास अनि आर्थिक चपेटाको लहरमा लाने मुर्खता देखाएको आरोप लगाए ।
विरोध ¥यालीमा स्थानीय किसान, मजदुर, कर्मचारी, कार्यकर्ता, युवा महिला एवम् केही वृद्धहरुको समेत उपस्थितिमा ‘केपी तिम्रो पाराले, दुःख पायो साराले’, ‘असंबैधानिक कदम खारेज गर’ , ‘जनता रोगले ग्रस्त छन्, ओली सरकारमा मस्त छन्’ जस्ता नारा सहित विरोध प्रदर्सन गरिएको कार्यक्रमको सञ्चालन वडा उपसभापति एवम् विशेष कार्यदलका सह–सचिव नितेश शाहले गरेका थिए ।

प्रतिकृया दिनुहोस्