नागरिकको उपचार नागरिक अस्पतालमै

दिपेश भट्टराई ।
बिर्तामोड–४ स्थित हर्कलाल मार्ग छेउमा नागरिक स्वास्थ्य सहकारी अस्पताल संचालनमा आउने भएको छ । आज एक कार्यक्रमको आयोजना गरी शेयर सदस्य, समाजसेवी र स्थानीयको उपस्थितीमा अस्पतालको शिलन्यास गरिएको संस्थाका आर्थिक विभाग उपसमिति सदस्य ज्ञानेन्द्र अधिकारीले जानकारी दिएका छन् । गरिब तथा विपन्न वर्गका जनताहरुको समेत स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले अस्पताल संचालन गर्न लागिएको बताइएको छ । केही समय अघि कोरोनाको महामारीको बेला विभिन्न निजी अस्पतालहरुले विरामी भर्ना गर्न नमानेर अलपत्र पारेको अवस्था देखिएको भन्दै फेरी त्यस्तै विकराल अवस्था आउँदा पनि नागरिकहरुको सहजरुपमा उपचार होस् भन्ने मुख्य उद्ेश्य अस्पतालको रहेको संयोजक अधिकारीले बताए ।


स्वास्थ्य क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरु, डाक्टर तथा स्थानीयकोे लगानीमा संचालनमा आउने अस्पतालमा अन्य अस्पतालको भन्दा सौलियत खर्चमा उपचार हुने अस्पतालका सचिव रविन्द्र भट्टराईले बताएका छन् ।
करिब ५ करोडको लगानीमा संचालनमा आउन लागेको अस्पतालमा २५ बेड सहित ल्याब र फार्मेसीको समेत सुविधा रहने अस्पतालका अध्यक्ष बलराम कार्कीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्