
रोसन भट्टराई
नेपाली काँग्रेस बुद्धशान्तिले आज साँझ एक कार्यक्रमको आयोजना गरी वर्तमान सरकारले चालेको संसद् विगठनको कदम असंवैधानिक भन्दै विरोध गरेको छ । कार्यक्रममा राँके जुलुस प्रदर्शन सहित प्रधानमन्त्री समेत रहेका केपी ओलीको पुत्ला दहन गरिएको थियो ।
नेपाली काँग्रेसका नेता, कार्यकर्ता लगायतको उपस्थितीमा राँके जुलुस बालेर बजार परिक्रमा गरेको ¥याली बालुवाटार चौकमा कोण सभामा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माले नेकपा भित्रको विवादले मुलुक अस्थिरता तर्फ धकेलिएको दाबी गरे । प्रधानमन्त्रीले संविधानको रक्षा गर्नुको साटो उल्टै संसद विघटन गरेर संविधान विरोधी तथा राष्ट्रघाती क्रियाकलाप गरेको समेत आरोप लगाए । त्यस्तै कोणसभालाई संवोधन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सरिता प्रसाईले काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२÷०६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र काँग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको जिकिर गर्दै प्रसाईले भनिन्, “सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ ।” जनताको तागत के हो भन्ने कुरा हामी यस सरकारलाई देखाउन चाहन्छौँ ।

प्रतिकृया दिनुहोस्