राजवंशी बचाउ अभियान अन्गर्तत पहिलो दिनमा ५५००० संकलन

हल्दिबारी गाउँपालिका–४ का मुटु तथा मृगौला रोग पिडित समलाल राजवंशीको उपचारमा रकम जुट्न थालेको छ । रकम संकलन गर्न थालेको पहिलो दिन पच्पन्न हजार रुपैँया उठेको उनको बुबा थेलथुलु राजवंशीले जानकारी दिए । विराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा उपचारत राजवंशीलाई नरमाया तथा पूर्ण बहादुर क्यान्सर पीडित सहयोग सस्थाको अगुवाईमा रकम संकलन गरिरहिएको छ ।
स्थानीय बुद्धिजीवी,राजनैतिक दलका नेताहरु, सामाजिक अभियान्ता लगायत नेपाल रेडक्रस सोसाइटी हल्दिबारी शाखाले पिडित राजवंशीलाई निशुल्क बिराटनगर नोबेल मेडिकल अस्पताल सम्म पु¥याउने जिम्मेवारी लिएको थियोे ।
आर्थिक अवस्थामा अत्यन्तै कमजोर तथा दैनिक जीवन गुजारा गर्न ज्याला मजदुरी गर्दै राजवंशीलाई सहयोग गर्ने क्रममा हल्दीवारी–४ का वडाध्यक्ष होम चुडालले रु १०,०००, नेपाली काँग्रेसका नेता एवम् रेडक्रस सासाइटी हल्दिबारीका अध्यक्ष विष्णु उप्रेतीले रु ५०००, राप्रपा नेता एवम कर्णाली साकोस हल्दिबारी संयोजक दीपक राज मैनालीले रु ५००० र अन्य स्थानीयबासीहरुको संयुक्त प्रयासमा जम्मा ५५००० रुपैँया संकलन गरी हस्तान्तरण गरीएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्