सृजनशीलले मनायो २९९औ पृथ्वी जयन्ती

हल्दिबारी गाउपालिका स्थित सृजनशील युवा क्लबले पौष २७ गते स्थानीय बडाबारी बजार सरसफाइ तथा वडा न.–४ को कार्यालय परिषरमा दीपप्रज्जलन गरी २९९औ पृथ्वी जयन्ती मनाएको छ ।
क्लबका अध्यक्ष मिलन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सोही क्लबका संस्थापक सल्लाहकार नितेश शाहले पृथ्वीनारायण शाहले दिएको योगदानको बारेमा चर्चा गरेका थिए । कुन पार्टिगत नभइ उनी वर्तमान नेपालको राष्ट्रपिता भएको जिगिर गर्दै राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेको विषय उनले खुलेर आफ्नो धारणा व्यक्त गरे । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई सबै नेपालीहरुले सम्मान गरिनुपर्ने समेत उनले बताए ।


सामाजिक कार्यकर्ताहरु नितेश खरेल,अनिल चौहान, गुणनाथ कोइराला, योगेश कार्की लगायतको उपस्थितमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव दिपेश अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्