चेतना नेपालले बाड्यो नुवाकोटमा न्यानो कपडा

जन चेतना नेपालले ‘जाडोमा न्यानो’ अभियान अन्तरगत नुवाकोटको बेलकोटगढी नगरपालीका पुगेर वालवालीकालाई न्यानो कपडा वितरण गरेको छ । सो नगरपालीकाको वडा नं ५, दुईपिपल भन्ने ठाउँमा विपन्न तथा दलित समुदायका १४० जना बालबालीकालाई पौष १९ गते आइतबार न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा वितरणमा नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदिशनर्सिङ केसीको पनि उपस्थिति रहेको थियो । चिसो बढ्दै गएको जाडो मौसममा जनचेतना नेपालले दलित बस्तिका बालबालीकालाई न्यानो कपडा वितरण गरेकोमा केसीले आभार प्रकट गरे । त्यस्तै जाडो समयमा दलित समुदायका बालबालीकाहरुलाई प्राथमिकता दिएर न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गर्दै वडाध्यक्ष अनन्तराम नेपालले संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य रहनेमा विश्वास व्यक्त गरे ।
जन चेतना नेपालकी बागमती प्रदेश संयोजक मुना निरौलाले दलित समुदायका बालबालीकाहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्न पाउँदा आफुलाई एकदम खुसी लागेको बताइन् । उनले न्यानो कपडा वितरणकार्यलाई सफल बनाउन फराकिलो मन गरेर सहयोग पुर्याउने डा।कुन्साङ डोल्मा, डा।शिला बर्मा, वरिष्ठ कलाकार निर्मल शर्मा ९गैडा०, युवा उद्यमि महेश खकुरेललाई विषेश धन्यबाद तथा आभार व्यक्त गरिन् । निरौलाले समय अभाव र कामको व्यस्तताले सबै सहयोगीहरु उपस्थित हुन नसकेको बताईन् । आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निरौलाले विभिन्न ठाउँमा न्यानो अभियान अन्तरगत न्यानो कपडा वितरण गर्ने तयारी भइरहेको पनि जानकारी दिइन ।

त्यस्तै संस्थाका सल्लाहकार सुवास त्रिपाठीले जाडोको समयमा विपन्न तथा दलित समुदायका बालबालीकाहरुलाई न्यानो कपडा दिनु ठूलो कुरा नभएपनि दाताहरुको सहयोगमा संस्थाले केहि हदसम्म मल्हमपट्टि लगाउने काम गरेको भन्दै यसलाई स्विाकार गरिदिएकोमा स्थानियबासिलाई कृतज्ञता व्यक्त गरे ।

स्थानिय राजनीतिकर्मी तथा सामाजिक अभियन्ता मदन भुजेलको समन्वय र सहयोगमा कार्यक्रम आयोजना गरिएको र व्यवस्थित तरिकाले न्यानो कपडा वितरण गर्न सफल भएको कार्यक्रम संयोजक कविन्द्र त्रिपाठीले बताए ।

यसैगरी डा। कुन्साङ डोल्माले यस अभियान सरिक हुन नपाएपनि आगामी दिनमा संस्थालाई निरन्तर सहयोग गरिरहने बताइन् । उनले जन चेतना नेपालको हरेक क्रियाकलापमा आफ्नो साथ सहयोग रहने भन्दै आगामी दिनमा सहकार्य गरेर सामाजिक कार्यमा सहभागि हुने प्रतिबद्धता व्यक्त गरिन् ।
यसअघि पनि जन चेतना नेपालले लकडाउनको समयमा विभिन्न ठाउँमा पुगेर असाहय र विपन्न परिवारलाई खाद्यान्न लगायत लत्ताकपडा वितरण गरिसकेको छ भने चितवनमा धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख ५ हजार रुपैंयाँ नगद सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस्