धर्म सापेक्ष भए मात्र राष्ट्र समुन्नत हुन्छ : गुरु ख्यामप्रसाद

रोसन भट्टराई । ज्ञानु भट्टराई ।

२०२८ सालमा जन्मिएका ख्याप्रसाद खनाल मेचीनगर– ३ स्थित तेलपानीका स्थायी बासिन्दा हुन् । पढाईको योग्यतामा सामान्य साक्षरमात्र रहेका उनीलाई केही वर्ष अघि दैवी शक्ती प्राप्त भएको बताउँछन् । कपाल झरेर तालु भएको टाउकामा २०७२ साल देखि जट्टा सहितको कपाल पलाएको र दिमागमा पनि अनेक नयाँ ज्ञान भरिएको उनले बताए । हाल उनी संस्कृत भाषाका वेद, उपनिषद्हरु समेत मज्जाले पढ्न र अर्थ लगाउन सक्ने भएका छन् ।

पछिल्लो समय उनी नेपाललाई हिन्दु धर्म सापेक्ष मुलुक घोषाणा गर्नुपर्ने अभियानमा लागेका छन् । विश्व शान्ती कायम तथा नेपाललाई हिन्दुधर्म सापेक्ष गरिनुपर्ने माग राख्दै उनले मेची महाकाली पैदल यात्रा समेत गरेका थिए । पूर्व मेचीमा रहेको पानीलाई पश्चिमको महाकाली नदीमा मिसाउँद २०७६ सालमा ४८ दिने उनको पैदल यात्रा सम्पन्न भएको थियो ।

बुद्धशान्ति साप्ताहिकसंगको कुराकानीमा अनादी कालदेखि ऋषीमुनीहरुको बसोबास रहेको धार्मिक राष्ट्र नेपाललाई बिदेशी डलरको आडमा धर्म निरपेक्ष घोषण गरिएको उनले आरोप लगाएका छन् । हिन्दु धर्मको संरक्षणमा राज्यले उदाशिनता देखाएको भन्दै नेपाली जनताले नचाहँदा नचाहँदै विदेशीको इसारामा भ्रष्ट नेताहरुले धर्म बेचेकोे उनको भनाई छ ।

२०१९ को संविधानमा नेपाललाई हिन्दु राज्य भनि घोषणा गरिएको थियो तर २०६३ को अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा ग¥यो । नेपाललाई धर्म निरपेक्ष घोषण गरे संगै यसका पक्ष र विपक्षमा थुप्रै वहसहरु भएका थिए । संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता नहटाएमा संविधान समाप्त हुने गुरु उनले चुनौती दिएका छन् । सदियौंदेखि सनातन धर्मसँगै हिन्दुत्व जोडिएको मुलुक नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर बनेको संविधान दिगो नहुने उनको भनाई छ ।


नेपालीहरुको नासोको रुपमा रहेको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष लेखिदा करोडौं हिन्दुहरुको मन दुखेको समेत उनले बताएका छन् । नेपाली जनताको अभिमतालाई एकातिर थन्क्याएर ल्याएको धर्मनिरपेक्षता कसैलाई मान्य नभएको बताउँदै ‘दलिय भागण्डाका आधारमा नेपालको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषण गर्ने अधिकार कसैलाई नभएको उनले प्रष्ट पारे । नेपाल सरकारलेगौमाता बचाउनु पर्ने, सिमाना बचाउनुपर्ने, नदीनाला बचाउनुपर्ने र धर्मको नाममा परिवर्तनको आगो निभाउनुपर्ने साथै यहाँ रहेका साधु सन्त, महात्माको रक्षा र सम्मान गर्नुपर्नेमा उनले जोड दिए । ‘धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश अस्थिर अवस्थामा पुगेको छ यहाँको सस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ त्यसैले संस्कृति, संस्कार धर्म बचाउन सबै सरोकारवाला निकायहरुलागी पर्नुपर्नेमा गुरु ख्यामप्रसाद जोड दिए ।

मुलुकमा धर्म निरपेक्षता हटाएर हिन्दु राज्य घोषणा गर्न पछिल्लो समय विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिने उनले जानकारी दिएका छन् । मुलुकमा हत्या, हिंसा, अत्याचार, बलात्कार, भष्ट्रचार बढिरहेको भन्दै यसको अन्त्य नै हिन्दु संस्कार मात्रै हुनेमा उनले खुलेर आफ्नो मत व्यक्त गरे । वर्तमान नेतृत्व पंक्तिमा रहेका नेताहरुलाई जनताले हिन्दु राज्य हटाउन मत नदिएको जिकिर गर्दै आगामी दिनमा हिन्दु विरोधी उमेदवारलाई मत नदिन उनले आग्रह समेत गरे । पछिल्लो समय देश व्यापार मात्र गर्न जान्ने वैश्यको हातमा रहेकोले राजनीतिमा व्यापारीकरण भएको जस्का कारण देश विकास उन नसकेको उनको गम्भिर आरोप छ । त्यसो भए देश विकास गर्न कस्ले नेतृत्व गर्छ पर्छ त भन्ने बुद्धशान्ति साप्ताहिकको प्रश्नमा उनले राजसी योग भएको व्यक्तिले राज्य संचालन गरे मात्र देश विकास हुने प्रष्ट्याउँदै अबको केही वर्षमा राजसी योग भएको मान्छेले देश संचालन गर्ने समेत ठोकुवा गरे ।

देशलाई राम्रोसंग संचालन गर्ने राजसी योग भएका व्यक्तिहरु आफूले पहिचान गरिसकेको र केही समय पछि उनीहरुको नाम समेत सार्वजनिक गर्ने गुरु ख्याम प्रसादको भनाइ छ ।

प्रतिकृया दिनुहोस्