नेपाल स्टारको विजेता बनाउन इलामेली चेलीको अपिल ।

रोसन भट्टराई । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल स्टारको टप १८ मा पुग्न सफल इलामकी समिक्षा दाहालले इलोमेली चेलीलाई विजेता बनाउन सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेकी छिन् ।

इलामको सूर्योदय नगरपालिका ९ स्थित फिक्कल गैरीगाँउकी उनी यस अघि नेपाल आइडलको थ्रिएटर राउन्डबाट बाहिरीएकी थिइन् । पहिलोपटक भोटिङ राउन्ड सम्म पुगेकी उनले दर्शकहरुले साथ दिए गायन क्षेत्रमा आफूँले सकेसम्मको योगदान दिने बताइन् ।
नेपाल कमर्स क्याम्पस(एनसीसी)बाट स्नातक पास गरेकी उनले प्रारम्भिक शिक्षा भने फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट लिएकी थिइन् ।
इलामको पाखा पखेराहरुमा सानैदेखि गीन गुनगुनाउने उनले एपिवान टेलिभिजनबाट प्रशारित कार्यक्रम नेपाल आइडलमा पहिलो पटक स्टेच शेयर गरेको बताइन् । उमेरले २३ वर्ष मात्र पुगेकी उनले छोटो समयमा दर्शकहरुको मन जितेकी छिन् ।

उनलाई नेपाल स्टारको विजता बनाउन शनिबार बेलुका ९ बजे देखि सोमबार राती १२ बजे सम्म भोटिङ गर्न सकिनेछ । उनलाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गएर  NS12 लेखेर 33001 मा पठाउन सकिनेछ ।

App voting : आफ्नो mobile मा Nepal Television app download गरी Nepal star को प्रतिस्पर्धि हरुको list मा गएर contestant No 12 मा vote  गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्