जेष्ठ नागरिक स्तम्भलाई बेहुला–बेहुलीझैँ सिँगारी होक्से चौक सरसफाई गरियो ।

बुद्धशान्ति १ स्थित होक्से युवा क्लवले आज होक्स चौक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । विगत १ हप्ता अघिदेखि निरन्तर सरसफाई गरिएको यस चौकमा रहेको जेष्ठ नागरिकको स्तम्भलाई पनि रंग रोकन गरेर बेहुला बेहुलीझैँ सिँगारिएको छ ।

चौक परिषर सरसफाई गर्न बुद्धशान्ति गाउँपालिकाले ५० हजार र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले ५० हजार सहयोग गरेको सरसफाई संयोजक सचिन बरालले बताए । बुद्धशान्ति वडा नं. १ का वडा सदस्य टिका धिमाल, तारावीर घिमिरे, निमार्ण व्यवसायी भोगेन्द्र तिम्सिना, स्वाथ्यकर्मी केशव खुलाल, अर्जुन ढकाल, इलाका प्रहरी कार्यालय बुद्धशान्तिका इन्चार्ज निराजन कटुवाल सहित प्रहरी जवान र स्थानीय समाजसेवीेको उपस्थितीमा सरसफाई गरिएको थियो ।

आफ्नो गाउँ आफैँ बनाउँ भन्ने नारालाई आत्मसाथ गर्दै स्थानीय युवाहरुले गरेको सरसफाई कार्यक्रम अत्यन्तै राम्रो भएको वडा सदस्य धिमालले बताएका छन् । त्यस्तै अर्का वडा सदस्य घिमिरले पनि आगामी दिनमा यस्ता रचनात्मक कार्यहरुमा स्थानीय तहको पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै आज मात्र नभएर हरेक दिन चौक बजार सफा राख्न सबै लागि पर्नुपर्ने क्लवका अध्यक्ष बालकुमार राईले बताए ।

प्रतिकृया दिनुहोस्