हल्दिबारी समावेशी युवा महिला संस्थाको प्रथम साधारण सभा सम्पन्न

हल्दिबारी समावेशी युवा महिला संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सरस्वती चम्लागाईको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै हल्दिबारी २ का वडाध्यक्ष राजेन्द्र योङहाङको विशिष्ट आतिथ्यता, गाउँपालिका प्रवक्ता सागर पोर्तेल, हल्दिबारी रेडक्रस उपशाखा सचिव कर्णखर प्रसाई लगायतको आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा संस्थाकी सदस्य शोभा थापाले शाब्दिक स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा अतिथि लगायत प्रमुख अतिथि गिरीले संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए । आगामी दिनमा महिलाहरुको विकास विस्तार र प्रर्वद्धनका विभिन्न कार्यक्रमहरु गाउँपालिकाले यस संस्थालाई पूर्ण सहयोग गर्ने समेत प्रमुख अतिथि गिरीले बताए ।
हल्दिबारीको रेडक्रस भवनमा आयोजना गरिएको साधारण सभाको संचालन संस्थाकी सचिव हेम कुमारी विष्टले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्