
पछिल्लो समय भारतसँगको सिमा विवादको विषयलाई लिएर नेवि संघ झापाले जिल्ला प्रशासन कार्यलय झापा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । दार्चुलाको कालापानी लिपुलेक र लिम्पियाधुरामा बर्सौदेखि सिमा विवाद चलिरहेको अवस्थामा भारतले एकतर्फि सडक नै बनाएपछि अहिले चौतर्फी रुपमा बिरोध बढदै गएको छ ।नेवि संघ जिल्ला सभापति राजेन्द्र उप्रेतीको टोलीले प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरलाई ध्यानाकर्षण पत्र र वास्तविक नेपालको नक्सा हस्तान्तरण गरेका हुन्।
ध्यानाकर्षण पत्र बुझाउन नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेती, जिल्ला सह-सचिव मिलन चापागाई, जिल्ला सदस्य पोषराज कटुवाल,गोकुल पौडेल, एलेक्स मैनाली , सन्जय राई, बुद्धशान्ति नेवि संघ कोषाध्यक्ष उमेश भट्टराई लगायतको टोली जिल्ला प्रशासन कार्यालय झापामा पुगेका थिए।


प्रतिकृया दिनुहोस्