युथ ड्रिम्सले ग¥यो बुधबारे बजार सरसफाई

रोसन भट्टराई ।
केही समय अघि बुधबारेका युवा मिलेर गठन गरिएको युथ ड्रिम्स फाउन्डेसनले शनिबार बुधबारे बजार आसपासका क्षेत्रहरुमा सरसफाई गरेको छ ।
जनकल्याण पेट्रोलपम्प देखि बुधबारे बजार हुँदै बाटो आसपासका सबै क्षेत्र सरसफाई गरी गाउँपालिका परिषर समेत सरसफाई गरिएको फाउन्डेसनका सदस्य उत्सव दाहालले जानकारी दिएका छन् ।
बुद्धशान्तिमा विभिन्न सामाजिक कार्यहरु गर्ने उद्देश्यले गठन गरिएको यस फाउन्डेसनले आगामी दिनमा लागुपदार्थ, दुव्र्यसनीमा फसेका बुद्धशान्तिका युवाहरुलाई सुधार गर्न उल्लेख्य भूमिका खेलिने बताउँदै एकतामा बल हुने भएकोले फाउन्डेसन गठन गरिएको संस्थाका सहसचिव उमेश कटुवालले जानकारी दिएका छन् ।


फउन्डेसनले आगामी दिनमा प्रत्येक १५÷१५ दिनमा बुधबारे बजार आसपास सरसफाई गर्ने, गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने तथा युवाका क्षेत्रमा अन्य विभिन्न रचनात्मक सामाजिक कार्य गर्दै जाने सदस्य वन्देश राईले बताए ।

प्रतिकृया दिनुहोस्