बुद्धशान्तिमा अर्धनग्न अवस्थामा भेटियो महिलाको लाश

बुद्धशान्ति गाउँपालिकामा अर्धनग्न अवस्थामा एक महिलाको लाश फेला परेको छ । बुद्धशान्ति ४ स्थित वर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे लाश भेटिएको हो ।


सुरुमा स्थानीय केटाकेटीले सो देखेपछि अभिभावकलाई खबर गरेर प्रहरी बोलाएको बताइएको छ ।
लाशको प्रकृति हेर्दा हत्यानै भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । लाशको वरिपरी केही माद्यक पर्दाथ, चाउचाउ र छाता समेत भेटिएको थियो भने मुख बन्ध गरिएको अवस्थामा लाश भेटिएको थियो । हालसम्म सो लाशको पहिचान हुन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस्