पहिचान हुन सकेन महिलाको शव, चिन्नुहुनेले सम्पर्कमा आइदिन प्रहरीको अनुरोध

झापाको बुद्धशान्ति गाउँपालिकामा हिजो दिउँसो भेटिएको एक महिलाको शव हाल सम्म पहिचान हुन सकेको छैन ।
शनिबार दिँउसो २ बजे तिर बुद्धशान्ति ४ स्थित वर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे शव भेटिएको थियो ।
स्थानीयले वेवारिसे अवस्थामा महिलाको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थलमा पुगेको प्रहरीले सो लाशलाई पोष्टमार्टमका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । सो शवको पोष्टमार्टम गरेपनि रिर्पोट भने आइनपुगेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख युवराज राईले जानाउँदै शब बुझ्ने मृतकका कोही आफन्त फेला नपारेकोले सो शव धरानकै शब गृहमा राखिएको उनले जनाए । अनुशन्धान कार्यलाई सहज बनाउन यदि शवको पहिचान गर्न सक्ने कोही भए इलाका प्रहरी कार्यालय बुधबारेको सम्पर्कमा आउन समेत उनले अनुरोध गरेका छन्

प्रतिकृया दिनुहोस्