पत्रकार शिव बन्जारालाई रु. १० हजार राशीको शब्दयात्रा कर्मशीलता पुरस्कार प्रदान

काभ्रे जिल्लाका सक्रिय सञ्चारकर्मी शिव बन्जारालाई १० हजार रुपियाँ नगद, प्रमाणपत्र र शब्दयात्रापट्टसहितको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार, २०७५’ बाट पुरस्कृत गरियो ।

पुरस्कार प्रदान गर्ने क्रममा बनेपा नगरपालिका वडा नं. ६ का अध्यक्ष सच्चिदानन्द केसीले टीका, आध्यात्मिक लेखक ओतबहादुर खड्काले रुद्राक्षको माला, शिक्षासेवी निर्मलाकुमारी यगोल श्रेष्ठले उपहार प्रदान गर्नुभएको थियो । यसै गरी शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रापट्ट लगाइदिनुभएको थियो भने विशेष अतिथि आख्यानकार कृष्णप्रसाद पौड्यालले नगद पुरस्कार र प्रमुख अतिथि नियात्राकार पोष चापागाईंले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजको आयोजनामा आयोजित उक्त समारोह शब्दयात्रा प्रकाशनको सभाकक्ष र संस्थाका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सञ्चालन गरिएको थियो । सभापतिका रूपबाट बोल्दै अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनलाई शिव बन्जाराले पु¥याउनुभएको योगदानको कदर गर्दै शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्न लाग्ने शुल्क नलिईकन उहाँलाई संस्थाको आजीवन सदयता प्रदान गर्ने विशेष निर्णय सञ्चालक समितिले गरेको जानकारी गराउनुभयो ।

सञ्चालक सदस्य सकुल थापाले प्रमुख अतिथिलाई उपहार प्रदान गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन कवयित्री चण्डिका वाग्लेले गर्नुभएको थियो भने कार्यक्रममा ‘हाम्री हजुरआमा मर्दा जो रोए’ नामक पुस्तिका निःशुल्क वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्