चर्चित अभिनेत्री वर्षा राउतबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् वर्षा राउत । फिल्म होस् वा मोडलिङ क्षेत्रमा उनी अत्यन्त व्यस्त रहेकी छिन् । उनको जन्म सन् १९९३ डिसेम्बर १३, सिन्धुलीमा भएको हो ।

उनले डेब्यु गरेको फिल्म नाइ नभन्नु ल हो । उनलाई मनपर्ने अभिनेता दयाहाङ राई हो । त्यस्तै उनलाई मनपर्ने अभिनेत्री प्रियंका कार्की । उनको श्रीमानको नाम संजोग कोइराला ।

लामो समयको लभ अफेयरपछि सन् २०१९ मा उनीहरुले विवाह गरेका हुन् । उनले खेलेका हिट फिल्महरु छक्का पन्जा, जात्रा, जात्रै जात्रा, छक्का पन्जा २ र नाइ नभन्नु ल ४ हुन् ।

फिल्मी क्षेत्रमा सधै चर्चामा रहेकी उनी विवादमा भने हालसम्म परेकी छैनन् । उनको लुक्स र अभिनयका कारण फ्यानहरु बढी रहेका छन् । स्कुले पढाई सिन्धुलीमा नै सकेर राजधानी छिरेकी उनले अभिनय क्षेत्रमा आफ्नो करिअर बनाएकी हुन् ।

उनले आफ्नो बाँकी अध्ययनबारे भने हालसम्म केही पनि प्रतिक्रिया दिएकी छैनन् ।

बाल्यकालदेखि नै ग्ल्यामरस फिल्ड स्थापित गराउन उनी ललायित थिइन् । अन्तत उनले आफ्नो कला त्यसै मर्न दिइनन् । उनले आफ्नो परिचय फिल्म क्षेत्रमा बनाएरै छोडिन् ।

प्रतिकृया दिनुहोस्