कानेपोखरीका होम बहादुर अब आफ्नै घरमा बस्न पाउने भए

सरोज निरौला
१५ असार । पथरी

दिनभरी काम गर्यो सुत्ने ठाउँ थिएन आकाशको छानो लगाएर सुत्थेँ, अर्काकोमा कति जाँउ’ गहभरी आँशु पार्दै होमबहादुरले भने । विगत लामो समय देखि आफ्नो घर नभएर बेसाहार भएका मोरङको कानेपोखरी गाँउपालिका ४ नर्सरीटोलका हावाहुरी पिडित होमबहादु माझीलाई घर हस्तान्तरण गरिएको छ ।
सामाजिक अभियान्ता एवम् सञ्चारकर्मी वर्षा राई र समाज रुपान्तरण अनलाईन टिभिका सञ्चालक अभिषेक वान्तवाको पहलमा निर्माण भएको घर हावाहुरी पिडित होम बहादुर माझीलाई हस्तानतरण गरिएको हो । विगतका दिनमा मोरङको पथरी शनिश्चरे भोटनिष्ट क्याम्प शिविरमा बसोबास गरी हाल अमेरिकाको वासिङटन सेटलमा बस्ने साईमन क्षेत्रीको आर्थीक सहयोगमा बसोबास गर्न उपयुक्त घर सोमबार एक कार्यक्रमका बिच हस्तानतरण गरिएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा उपस्थित भएका अतिथि सहित स्थानीय

अभियान्ता एवम संञ्चारकर्मी राईको अध्यक्षता तथा कानेपोखरी गाँउपालिका ४ का वडाध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी सन्तोष फुँयाल, समाजसेवी तथा व्यवसायी शिव पन्थी, समाजसेवी अमृत लिम्बू, फोनिज प्रदेश १ का अध्यक्ष साथै पत्रकार अर्जुन जम्नेली लगायतको आतिथ्यता रहेको थियो । घरलाई प्रमुख आतिथि राई समाजसेवी फुँयाल पत्रकार जम्नेली लगायतले संयुक्त उद्घाटन साथै हस्तानतरण गरिएका थिए ।

अभियान्ता राई र टिभि सञ्चालक वान्तवालाई सम्मान
सो कार्यक्रममा स्थानीय स्तरमा अत्यन्तै उदाहरणिय काम भएको भन्दै मातृभुमी समाज सेवा युवा क्लब कानेपोखरीद्वारा अभियान्ता राई र समाज रुपान्तरण अनलाईन टिभिका सञ्चालक वान्तवालाई प्रसंसा पत्र खदा लगाएर सम्मान गरिएको थियो। सम्मानपछि बोल्दै राईले आफूँले थालेको अभियान बिदेशमा रहेका क्षेत्रीले गरेको आर्थिक सहयोगले सफल बनेको बताईन । आगामी दिनहरुमा समेत दुखीहरुको सहयोगको लागी अभियान सञ्चालन गदै लाने राईले उद्घोष गरिन ।
घर पाएपछि के भन्छन् माझी ?
२०४९ सालमा सोही ठाँउमा जन्मिएका होम बहादुर माझी सानै उमेरमा अभिभावक विहिन बने । अलिकति जमिन भएता पनी सबै बन्धकीमा रहेको र त्यो पनि उकास्न सक्ने पैसा थिएन उनीसंग । गाँउघरमा खान दिएको भरमा अर्काको काम गरीदिन्छन । सानैबाट अभिभावक विहिन बनेका उनी पढ्न मन भए पनि पढ्न नपाएको गुनासो गर्छन् । आमा बाबुको साथबाट विमुख बनेका उनी घर नभएर भुँईमै सुत्ने गर्दथे । उनी भन्छन् “दिनभरी काम गर्यो सुत्ने ठाउँ थिएन आकाशको छानो लगाएर सुत्थेँ , अर्काकोमा कति जाँउ’ घर पाएपछि माझीले घरमा बस्ने सपना पुरा भएको प्रतिकृया दिए । ‘धेरै खुशी छु, साईमन दाइ र बर्षा दिदी मेरा लागी भगवान सावित हुनुभयो’ । समाजमा वहाँ जस्ता मान्छे भएरै हामी दुखी गरिबले ठुलो साहारा पाएको पाएका छन् । आफ्नो अबस्था देखेर सबैले गर्नु भएको सहयोग प्रति पनि उनले आभारी प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्