उमा सुवेदीको सयौं पुतली

बुद्धशान्ति न्युज/ बुद्धशान्तिकी लेखिका उमा सुवेदीको कथासङ्ग्रह सयौं पुतली बजारमा आएको छ । १७ वटा कथाहरूको सङ्ग्रह सयौं पुतली समसामयिक विषयमा केन्द्रित रहेको छ ।
विशेष गरी नारी समस्यालाई कथाहरुले उठान गरेका छन् । सशस्त्र द्वन्द्व र त्यसपछिको नेपाली समाजको वास्तविकता कथामा अटाएका छन् ।
छोटो प्रस्तुतिमा सरल शैली र गहन विषयवस्तु पस्किनु सुवेदीको विशेषता देखिन्छ । समग्रमा कथाहरू आञ्चलिक र ग्रामीण परिवेशमा उनिएका छन् । नारीवादी कथाकारका रूपमा देखापरेकी सुवेदीको यो सङ्ग्रह पठनीय रहेको छ ।

प्रतिकृया दिनुहोस्