आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

झापाको बिर्तामोडमा शुक्रबार आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय अनारमनी र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको संयुक्त आयोजनामा भएको कार्यक्रममा समाजमा विद्यमान रुपमा भइरहेको श्रृङ्खला बद्ध आत्माहत्याका घटनाको मध्यनजर गर्दै एक लघु वृत्त चित्र र सुसाईड सम्बन्धि नाटक समेत प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा मनोबैज्ञानिक असरका कारण नैरास्यतापूर्ण वातावातावरणले आत्माहत्या बड्ने कुरालाई प्रस्तुत गर्दै बि एन्ड सि अस्पताल बिर्तामोडका मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीले मुख्य प्रशिक्षणको भुमिका निर्वाह गरेका थिए । उनले आत्माहत्या भनेको के ? र यसको न्युनिकरण गर्नका लागि समाजमा के कस्तो सकारात्मक भुमिका निर्बाह गर्न सकिन्छ भन्ने मनोबैज्ञानिक प्रशिक्षण प्रदान गरेका थिए ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र उपाध्यक्ष सन्जिव चापागाईंले बैकल्पिक उपायको कमी भएर गर्ने आत्माहत्या लाई निरुत्साहित पार्न सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले विभिन्न ठाउँमा गएर अवायरनेस गराउने समेत दिए ।
सेवा केन्द्रका अध्यक्ष उत्तम खनालको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक श्री कृष्णप्रसाद कोईराला ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण संस्थाका महासचिव लक्ष्मी गौतमले गरेका थिए ।


ईलाका प्रहरी कार्यालय अनारमनी प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, बिर्तामोड नगरपालिका वडा न ४ वडा अध्यक्ष कुल प्रसाद संग्रौलाको समेतको उपस्थितिमा कार्यक्रममा आत्महत्या न्युनिकरण सम्बन्धि विभिन्न प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्