अशोक भन्छन्–‘मैले अंकितलाई हिरोको रुपमा भित्राउन चाहिनँ’

निर्देशक तथा निर्माता अशोक शर्माले आफूले छोरा अंकितलाई हिरोको रुपमा चलचित्र क्षेत्रमा भित्राउन नचाहेको बताएका छन् । ‘कतिपयले चलचित्र ‘रातो टिका निधारमा’ अंकितका लागि डेब्यू गर्न उत्तम चलचित्र थिएन भनेर पनि मलाई प्रश्न गरेका छन् । तर, मैले उनीहरुलाई किन भनेर प्रश्न गर्ने गरेको छु’ मिडियासँग कुरा गर्दै अशोकले बताए ।

‘धेरैको अपेक्षा महंगो गाडी, महंगो घरको सेटमा शरीर बनाएर अंकितले चलचित्रमा डेब्यू गर्छन् होला भन्ने रहेछ । तर, मैले छोरालाई त्यसरी प्रवेश गराउन नै चाहिनँ’, अशोक सुनिए । उनले, कुनै पनि कलाकारमा अभिनय हुन जरुरी रहेको सुनाए । अभिनय नै सबैभन्दा ठूलो स्टारडम भएको भन्दै उनले अंकितमा त्यसको ज्ञान भएको दाबी गरे ।

अशोकले रमाइलो पल सुनाउँदै भने–‘छायांकनको क्रममा अंकित नयाँ भनेर होला, सबैले उसलाई सिकाउन भने खोज्थेँ । गर्दा गर्दै मेकअपको मान्छेले समेत उनलाई यसरी काम गर भन्दै सिकाएका थिए । तर, त्यो सायद उप्रतिको माया हो ।’

अंकितले पनि अशोकको कुरामा सही थप्दै भने–‘मलाई सबैले सिकाउँदा सिकाउँदा दिक्क लागिसकेको थियो । मलाई निर्देशकले मात्र सिकाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, मैले काम गर्दा धेरै कुरा सिक्न पाएँ ।’

उनले भने–‘हो, अंकित केही लजालु छ । तर, उसलाई चलचित्र र खेलकुदको राम्रो ज्ञान छ ।’चलचित्र हेरिसकेपछि दर्शकले अंकितलाई स्विकार गर्ने दाबी समेत उनको रहेको छ । असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’बाट अशोकका छोरा अंकित चलचित्र क्षेत्रमा भित्रिदैछन् । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि मुख्य भूमिका छ ।

प्रतिकृया दिनुहोस्